कार्य र शिक्षा डेटाबेस

फेसन डिजाईनर

एस. ई. ई. परिक्षा बिना उपयुक्त:

विभिन्न प्रकारका पोसाक, जुत्ताहरुको डिजाइन दिने व्यक्ति फेसन डिजाईनर हुन् ... थप जानकारी

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

फेसन डिजाईनर बन्नको लागि फेशन डिजाइनिंगमा स्नातक गर्न सक्नुहुन्छ जुन तीन ब ... थप जानकारी

शैक्षिक
व्यावसायिक पाठ्यक्रम र प्रशिक्षणहरू

सम्भावित रोजगारदाता


Freelancer

MEE005

करियर विवरण

विभिन्न प्रकारका पोसाक, जुत्ताहरुको डिजाइन दिने व्यक्ति फेसन डिजाईनर हुन् | फेसन डिजाईनरले विक्री वितरण, लत्ताकपडा निर्माण तथा गार्मेन्ट कम्पनिमा काम गर्दछन् | महिला/पुरुष दुवैले गर्न सक्ने यो काममा मुख्य गरेर व्यक्तिगत तथा सामुहिकरुपमा अर्डर अनुसारको पोशाक निर्माण गर्नु, फेसन परामर्श, व्यक्तिगत पोशाक, स्टाइ दिनु, पोशाक उत्पादनको ढाचा निर्माणगर्नु, फेसन सम्बन्धि समन्वय गर्ने जस्ता काम गर्दछन् | यिनीहरु फेशन सम्बन्धि पोशाक उत्पादन प्रबन्धक, कपडा व्यवसायी, तथा कपडाको गुणस्तर जाचबुझ गर्ने साथै कपडा कटाई तथा विक्री प्रतिनिधि बन्न सक्दछन् |

फेसन डिजाईनरहरु सामान्यतया निम्न कार्य गर्दछन्

• ग्राहकको अर्डर अनुसारको ड्रेस डिजाइन गर्ने |
• आवश्यक सामाग्रीहरुको संकलन गर्ने |
• नयाँ-नयाँ पोशाक, जुत्ताहरुको चित्र कोरी डिजाइन गर्ने|

क्षमताहरु र अन्य आवश्यकताहरु

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

कला तथा सृजनात्मक क्षेत्र अन्तर्गत पर्ने यो पेशामा बढी प्रतिस्पर्धा हुने भएकोले अहिले चलेको फेशन ट्रेण्डको बारेमा राम्रो ज्ञान राख्नु पर्ने हुन्छ | प्राय यिनीहरु सामुहिक रुपमा काम गर्नु पर्ने भएकोले वार्तालाप गर्न सक्ने क्षमता हुनुपर्दछ | ग्राहकले भने बमोजिम आकर्षक र ग्राहकको इच्छा अनुसारको डिजाइन दिन सक्नुपर्ने हुन्छ | डिजाइनरहरुले ग्राहकको दिएको डिजाइन अनुसार वा तयारी ड्रेसहरु, गार्मेन्ट, सास्कृतिक ड्रेस, निर्माण गर्दछन् | विवाह समारोह, सडक कार्यक्रम, महोत्सव, मेलाहरुमा विशेष पेशाहरुको डिजाइन गर्ने काम गर्दछन् | यीनिहरुले काम गर्ने क्रममा चित्र कोर्नुपर्ने हुदा चित्र कोर्न सिपालु हुनुपर्दछ | यिनीहरु विभिन्न सांगेतिक भिडियो, चलचित्र निर्माणकर्ताहरुको मातहतमा काम गर्नुको साथै व्यक्तिगत व्यवसाय संचालन पनि गर्न सक्दछन् | डिजाइनरहरु बुटिक प्रशिक्षक पनि बन्न सक्दछन् |

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

फेसन डिजाईनर बन्नको लागि फेशन डिजाइनिंगमा स्नातक गर्न सक्नुहुन्छ जुन तीन बर्षको कोर्स हो अथवा छोटो अवधिको तालिम सि.टि.ई.भि.टिले प्रदान गरेको ‘फेसन डिजाईनर’मा ६५० घण्टाको तालिम लिनु पर्दछ | यो तालिमको लागि न्यूनतम एस.एल.सि पास हुनुपर्दछ |

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
BFD
सीप र प्रशिक्षित- शहरी
३ वर्ष
छैन
सीप र प्रशिक्षित- शहरी
३९० Hours
fashion designing
सीप र प्रशिक्षित- शहरी
६५० Hours

आदर्श गुणहरु

काम गर्ने शैली, सिर्जनशिल: तपाई रचनात्मक कार्यहरु गर्न मनपराउनु हुन्छ, समय समयमा कसैले निर्देशन वा समाधान दिएको खण्डमा आपत्ति मान्नुहुन्न| तपाईको लागि अधिक समय नयाँ कुराहरु सिर्जना गर्ने खालको पेशाहरु उपयुक्त हुन्छ | जस्तै: मिडिया, हस्तशिप, डिजाईन |

जानकारी संस्लेषण, पूर्णरुपमा विस्तृत: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न रुचाउनुहुन्छ | तपाई त्यस्तो पेशाहरु रुचाउनुहुन्छ जसमा ध्यान दिएर विस्तृत विवरणहरुको ज्ञान हासिल गर्ने कार्यहरु गर्न रुचाउनुहुन्छ र वृहत ज्ञानको आधारमा गरिने कार्यहरु गर्न मन पराउनुहुन्न | जस्तै: लेखापाल, तथ्यांक व्यवस्थापन, सफ्टवेयर कोडिंग, चित्रकार, हस्तशिल्प कार्य र अनुवाद कार्यहरु|

समयमा लचकता, धेरै कम: तपाई नियमित र एकै खालको कार्य गर्न रुचाउनु हुन्छ | तपाई त्यस्तो पेशा, जहाँ नियमित समय र कार्य हुने कार्यालयको खोजीमा हुनुहुन्छ |जस्तै: टेबुल कार्यहरु र पसल संचालन गर्न |

मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |

सफलताको खोजी, धेरैजसो: तपाईले सबै भन्दा धेरै कामलाई महत्व दिने भएकोले तपाईको लागि फुर्सदको समयमा काम गर्न कुनै समस्या हुदैन । जस्तो सुकै समस्या र चुनौती आइपरेपनि तपाईसगं त्यसको सामना गर्न सक्ने क्षमता छ । तपाईलाई सफल बनाउने किसिमका पेशाहरु अबलम्वन गर्नुहोस् र जुन पेशाहरु चुनौतीपुर्ण छैनन् ति पेशाहरु सकेसम्म नगर्नुहोस् ।

उत्प्रेरणा जगाउने, अति धेरै: तपाईलाई आफ्नै तरिकाले काम गरेको मन पर्ने भएकोले तपाईले भविष्यको पेशा रोज्दा स्वतन्त्र रुपमा आफ्नो निर्णय दिन मिल्ने खालको रोज्नुपर्दछ । अरुको निर्देशन पालना गर्नु पर्ने खालका पेशाहरु नअपनाएमा राम्रो हुन्छ ।

नेतृत्वको लागि उत्प्रेरणा, धेरै: तपाई समुहको नेतृत्वमा रहेर अरुलाई निर्देशन दिन मन पराउनुहुन्छ र तपाईको मनमा लागेको कुरा अरुलाई भन्न र सो अनुसार अरुलाई पनि अनुसरण गराउन सक्नुहुन्छ भने तपाई प्रमुख भएर गर्ने काम गर्नु पर्दछ । आफ्नो विचारहरु भन्न नपाउने र अरुलाई आफुले चाहेको गराउन नपाउने जस्तो कामहरु नगर्नुहोस्।

विश्लेषणात्मक उन्मुखता, धेरै: तपाई कुनै पनि कामको निर्णय लिनु अगाडि धेरै समय सोच्नुपर्दछ भन्ने मान्यता लिनुुहुन्छ । तपाईमा कार्य गर्नु अगाडि राम्रो संग ध्यान दिनुपर्दछ भन्ने विश्वास छ। त्यसैले तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जहाँ कुनै पनि काम गर्नु अगाडि राम्ररी ध्यान दिन आवश्यक छ । त्यस्ता कामहरुबाट जोगीनुहोस् जहाँ तुरुन्त निर्णय लिनुपर्दछ ।

सामुहिक कार्य उन्मुखता, धेरै: तपाई सजिलै अरुसंग मिलेर काम गर्न सक्नुहुन्छ । तपाईलाई जुनसुकै कार्य र परियोजनामा समुहमा मिलेर काम गर्दा रमाईलो लाग्छ भने तपाई त्यस्ता पेशा रोज्नुहोस् जुन पेशामा सामुहिक कार्यलाई प्राथमिकता दिइन्छ र त्यस्ता पेशा नगर्नुहोस् जहाँ तपाई एक्लै विचार गरेर काम सम्पन्न गर्नुपर्दछ ।

कार्य गराउने क्षमता, धेरै: सामान्यतया तपाईले अरुलाई मागनिर्देशन गर्नुहुन्छ र आवश्यक परेको खण्डमा अरुसगं सामना पनि गर्न सक्नुहुन्छ । तपाईलाई मनमा लागेको कुरा अरुलाई भन्न हिचकिचाउनुहुन्न । त्यसैले तपाईले भविष्यको काम रोज्दा अरुले काममा कस्तो प्रतिक्रिया देखाउछन त्यसको मुल्याङकन र अनुगमन गर्ने खालको हेर्नु पर्दछ । फेरी आफ्नो मनमा लागेका कुरा भन्न प्रोत्साहान नमिल्ने खालका जस्ता काम नगर्नु।

• ग्राहकको अर्डर अनुसारको ड्रेस डिजाइन गर्ने |
• आवश्यक सामाग्रीहरुको संकलन गर्ने |
• नयाँ-नयाँ पोशाक, जुत्ताहरुको चित्र कोरी डिजाइन गर्ने|

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता


Freelancer

MEE005

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले फेसन डिजाईनर जस्तै छन्

  • चित्रकार
    व्यवसायिक रुपमा विभिन्न कला, इतिहास,तथा जीवनी झल्काउने चित्रहरु कोर्ने व्यक्तिहरु चित्रकार हुन् | यिनीहरुले विभिन्न मंच तथा समयमा कलात्मक चित्रहरुको संकलन गरि प्रदर्शन गर्दछन् | रचनात्मक र कलात्मक क्षेत्र अन्तर्गत पर्ने यो पेशा गर्नको लागि निश्चत समयवधी आवश्यक पर्दैन |


    माग

  • इन्तेरिओर डिजाईनएर
    कलात्मक र प्राविधिक शिपलाई संयोजन गरेर सुरक्षित, राम्रो, सहज तथा कार्यात्मक, वाह्य प्रकाशलाई मध्यनजर गरेर संरचनात्मक र आकर्षक आन्तरिक कोठाहरु सृजना गर्ने व्यक्ति आन्तरिक सजावट गर्ने व्यक्ति हुन् | सृजनात्मक तथा रचनात्मक क्षेत्र अन्तर्गत पर्ने यो पेशाका पेशेवरहरुले बजेट अनुसार व्यवसायिक भवनहरु, सपिङ महल, होटेल, सरकारी कार्यालय देखि निजि घरको भित्रि सजावट गर्ने र आवश्यक सम्पूर्ण सामाग्रीहरुको योजना बनाउई चित्र कोरेर डिजाइन दिने गर्दछन् | यिनीहरुले घर तथा भवनहरुको भित्रि भाग सजाउने काम गर्दछन् |


    माग