फोटो खिच्न, चलचित्रमा खेल्न, रंगमञ्च वा अन्य कार्यक्रममा प्रत्यक्ष प्रदर् ... थप जानकारी
स्व रोजगार अनुपात
यदी तपाईसंग नयाँ र आकर्षक रुप दिनसक्ने सिर्जनात्मक ज्ञान छ भने कस्मेटिक सा ... थप जानकारी
फोटो खिच्न, चलचित्रमा खेल्न, रंगमञ्च वा अन्य कार्यक्रममा प्रत्यक्ष प्रदर्शन गर्न र विशेष कार्यक्रममा सहभागी हुनु अगाडी साथै बेहुली लगायत अन्य व्यक्तिहरुलाई सजाउनको लागि शृंगारका सामाग्रीहरुको सहयोग बाट बाहिरि रुपलाई थप आकर्षक बनाउन सक्ने क्षमता भएका व्यक्ति शृंगारकर्मी हुन् | सृजनात्मक क्षेत्रमा पर्ने यो पेशाका पेशेवरहरु मनोरन्जन, फेशन र कस्मेटिक सेवा प्रदान गर्ने कम्पनीहरु जस्तै सैलुन, स्पा, बेहुली सजाउने ठाउँमा काम गर्दछन् | शृंगारकर्मीहरुले आफ्नै व्यापार संचालन गर्नुको साथै अन्य सम्बन्धित व्यवसायीमा काम गर्दछन् |
प्रवेश-आय
Rs. (not set) - (not set)
यो पेशामा संलग्न भएका व्यक्तिहरुले, ग्राहकको इच्छा बमोजिम, सजावट गर्न सक्नु पर्दछ | यो पेशामा धेरैजसो अरुको डिजाइन अनुसार काम गर्नु पर्ने हुनाले राम्रो संग वार्तालाप गर्नसक्नु पर्दछ | निश्चित कार्यतालिका नहुने हुनाले यो पेशा गर्न इच्छुक व्यक्ति समयअनुसार लचकदार हुनुको साथै नयाँ फेसनको चलनचल्तीलाई बुझ्नुपर्छ | मेडिया क्षेत्रमा आवद्ध हुने व्यक्ति राष्ट्रिय तथा अन्तरास्ट्रिय ठाउँहरुमा जानु पर्ने पनि हुन्छ | यिनीहरुले शृङ्गारका सामाग्रीहरुको बारेमा विस्तृत जानाकारीहरु थाहा पाउनुको साथै प्राय ग्राहकको घरमा, विभिन्न स्टुडियोमा आफ्नै शृङ्गार सामाग्री लैजानुपर्ने हुन्छ | यिनीहरु हजाम, सौन्दर्य उचिकित्सक (विज्ञ) को रुपमा पनि काम गर्न सक्छन् |
| सुरक्षा र सेना | विशेषज्ञहरु | |
| सीप र प्रशिक्षित- शहरी | सीप र प्रशिक्षित- ग्रामिण | |
| सहायक सञ्चालनहरू | ||
तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।
हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।
| समय | शुल्क (रु) | एस. ई.ई. बिना पहुँच | |||
|---|---|---|---|---|---|
|
|
सीप र प्रशिक्षित- शहरी |
३९० Hours | ० |
छ
|
थप जानकारी |
|
|
सीप र प्रशिक्षित- शहरी |
३९० Hours | ० |
छ
|
थप जानकारी |
|
beautician Course
|
सीप र प्रशिक्षित- शहरी |
३९० Hours | ० |
छ
|
थप जानकारी |
काम गर्ने शैली, सिर्जनशिल: तपाई रचनात्मक कार्यहरु गर्न मनपराउनु हुन्छ, समय समयमा कसैले निर्देशन वा समाधान दिएको खण्डमा आपत्ति मान्नुहुन्न| तपाईको लागि अधिक समय नयाँ कुराहरु सिर्जना गर्ने खालको पेशाहरु उपयुक्त हुन्छ | जस्तै: मिडिया, हस्तशिप, डिजाईन |
जानकारी संस्लेषण, विस्तृत: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न रुचाउनुहुन्छ तर तपाई त्यो विशिष्ट कार्यलाई कसरी कार्य सम्पादन गर्न सकिन्छ भन्ने विषयमा पनि ध्यान केन्द्रित गर्नुहुन्छ | जस्तै: लेखा सम्बन्धि कार्य, तथ्यांकहरुको विश्लेषण गर्ने कार्य र मर्मत कार्यहरु पर्दछन |
समयमा लचकता, धेरै लचक: तपाई दैनिक रुपमा कार्य परिवर्तन भइरहने पेशा र कहिले कहिँ मात्र नियमित एकै खालको कार्य गर्न वा एकै खालको कार्य गर्ने नचाहने व्यक्तित्व हुनुहुन्छ | तपाई त्यस्तो पेशा रोज्नुहोस् जहाँ अधिक स्वतन्त्रता र आफ्नो अनुकुल समयमा कार्य होस् | जस्तै: अनलाईन कार्यहरु, स्वतन्त्रपूर्वक कार्य गर्न क्षेत्रहरु र लेखनसंग सम्बन्धित कार्यहरु |
मूल्य अभिमुखीकरण, आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ साथसाथै केहि मात्रामा आर्थिक परिपूर्ति चाहनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |
सफलताको खोजी, धेरैजसो: तपाईले सबै भन्दा धेरै कामलाई महत्व दिने भएकोले तपाईको लागि फुर्सदको समयमा काम गर्न कुनै समस्या हुदैन । जस्तो सुकै समस्या र चुनौती आइपरेपनि तपाईसगं त्यसको सामना गर्न सक्ने क्षमता छ । तपाईलाई सफल बनाउने किसिमका पेशाहरु अबलम्वन गर्नुहोस् र जुन पेशाहरु चुनौतीपुर्ण छैनन् ति पेशाहरु सकेसम्म नगर्नुहोस् ।
उत्प्रेरणा जगाउने, धेरै:तपाईलाई आफ्नै तरिकाले काम गरेको मन पर्ने भएकोले तपाईले भविष्यको पेशा रोज्दा स्वतन्त्र रुपमा आफ्नो निर्णय दिन मिल्ने खालको रोज्नुपर्दछ । अरुको निर्देशन पालना गर्नु पर्ने खालका पेशाहरु नअपनाएमा राम्रो हुन्छ ।
सटिकता, कम: तपाईलाई कामको बारेमा धेरै चिन्तित भइरहन मन पर्दैन । काममा आईपर्ने सम्भावित गल्ति र चुनौतीहरुको बारेमा सोच्नुहुदैन भने तपाईको लागि त्यस्ता खालका कामहरु उपयुक्त छन् जुन् काम फुर्सदको समयमा पनि धेरै चिन्तिन नभईकन सम्पन्न गर्न सकियोस् । भविष्यमा धेरै जिम्बेवारी लिनुपर्ने काम नगर्नुहोस् ।
कार्य उन्मुखता, धेरै: तपाई आफ्नो काम सक्रिय र अग्रसर भएर गर्न चाहनुहुन्छ ।आफुलाई के काम आउला भनेर कुरेर बस्ने बानी छैन भने तपाईले त्यस्ता किसिमका कामहरु गर्नुहोस जहाँ कसैको अबरोधविना तपाईको काम अगाडि बडाउन आबश्यक हुन्छ। त्यस्ता कामहरु नगर्नुहोस् जहाँ तपाईले आफ्नो काम सुरु गर्नुभन्दा अगाडी कसैको प्रतिक्रियाको प्रतिक्षा गर्नुपर्दछ ।
सामाजिकीरण क्षमता, धेरै: तपाईलाई विभिन्न अपरिचित मान्छेहरुसंग भेटघाट गर्न कुनै किसिमको अप्ठेरो लाग्दैन । अपरिचित मान्छेहरु भएपनि विभिन्न किसिमका अन्तरक्रियात्मक कुराहरु गरेर सजिलैसंग घुलमिल हुनुहुन्छ भने तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ तपाई विभिन्न किसिमका अपरिचित मान्छेहरुसंग भेटघाट तथा कामहरु गर्नुपर्दछ । फेरी त्यस्ता खालको काम नरोज्जनुहोस् जहाँ तपाईलाई अरु मानिषहरु संग अन्तक्रिया गर्नुपर्दैन ।
सामुहिक कार्य उन्मुखता, अति कम: तपाई आत्मनिर्भर हुनुहुन्छ र अरुको मार्गदर्शन बिनानै स्वयं उत्कृष्ठ काम गर्न सक्नुहुन्छ। तपाईलाई अरुसंग काम गर्न कठिन हुन्छ किनभने तपाईको काम गर्ने शैली तिनिहरुलाई बुझाउन कठिन हुन्छ र अर्कोतर्फ तपाई छुट्टै बसेर काम गर्न कुनै किसिमको आपत्ती महशुस गर्नुहुदैन । त्यसैले तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ धेरै भन्दा धेरै काम तपाई स्वयंले सम्पन्न गर्नुपरोस् । त्यस्तै गरेरे आवश्यक परेको खण्डमा तपाईले गर्ने काममा सहयोगको लागि साथिहरु तथा विशेषज्ञको न्युन स्थरको सहभागिता हुनुपर्दछ।
कार्य गराउने क्षमता, धेरै: सामान्यतया तपाईले अरुलाई मागनिर्देशन गर्नुहुन्छ र आवश्यक परेको खण्डमा अरुसगं सामना पनि गर्न सक्नुहुन्छ । तपाईलाई मनमा लागेको कुरा अरुलाई भन्न हिचकिचाउनुहुन्न । त्यसैले तपाईले भविष्यको काम रोज्दा अरुले काममा कस्तो प्रतिक्रिया देखाउछन त्यसको मुल्याङकन र अनुगमन गर्ने खालको हेर्नु पर्दछ । फेरी आफ्नो मनमा लागेका कुरा भन्न प्रोत्साहान नमिल्ने खालका जस्ता काम नगर्नु।
दवाव सहन सक्ने क्षमता, धेरै: तपाईले जस्तोसुकै दबाबमा पनि काम गर्न सक्षम हुनुहुन्छ र दबाबमा काम गर्दा तपाईलाई आनन्द आउछ । तपाई काममा जतिसुकै व्यस्थ भएपनि थकान महशुस गर्नुहुदैन । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ काम एकदम द्र्रुत गतिमा राम्रो प्रतिभा देखाउने अवसर मिल्दछ । त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईले कामको लागि कत्ति पनि प्रयास गर्नु पर्दैन ।
स्व रोजगार अनुपात
अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्
कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)
60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।
50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।
40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।
30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।
20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।
10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।
तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले शृंगारकर्मी जस्तै छन्