प्रहरी जवान जसले सरकारी तवरबाट समाजमा न्याय, कानुन, सामाजिक मान्यतालाई सम्मान गर्दै न्यायिक राज्य स्थापनाको लागि सहयोगीको रुपमा काम गर्दछन | जसको मुख्य काम भनेको व्यक्तिहरुलाई शान्ति सुरक्षा प्रदान गर्नु र शान्ति सुरक्षा भंग गर्न खोज्नेलाई सजायको लागि कानुनी प्रावधान आगाडी बढाउनु हो |
समुदायसंग साझेदारी गर्दै नियम र कानुनहरु कायम गर्ने, समुदायका सदस्यहरुलाई र उनीहरुको सम्पत्तिको सम्रक्षण गर्ने, अपराध हुन बाट रोक्ने र नागरिकहरुको गुणस्तरीय जीवनमा सुधार ल्याउने काम प्रहरी अधिकारीहरुले गर्दछन् |
अनुमति पत्र लिएर अथवा नलिकन, एतिहासिक अपराध तथा वर्तमान अपराधिक क्रियाकलापमा सहभागी भएका अपराधीहरू पत्ता लगाउन मुल्यांकन र परिक्षण द्दारा सुराकहरु, अपराधीको व्यक्तिगत विवरणहरुको खोजतलास गर्ने र सत्य तथ्य जानकारी हासिल गरेपछि अपराधीको परिचय खुलाउने व्यक्ति गुप्तचर तथा अपराधिक अनुसन्धान कर्ता हुन् | प्राय, प्रहरी अधिकारीमा हुनुपर्ने आवश्यकता पुरा गरेपछि, नेपाल प्रहरी विभागले राखेको लिखित परिक्षा पास गरेर गुप्तचर तथा अपराधिक अनुसन्धान कर्ता भएको पाइन्छ |