कार्य र शिक्षा डेटाबेस

चस्मा बनाउने व्यक्ति

एस. ई. ई. परिक्षा बिना उपयुक्त:

डाक्टरको विवरण अनुसारको चस्माको डिजाइन दिने, डिजाइन अनुसार चस्मा बनाउने, ल ... थप जानकारी

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

चस्मा बनाउने व्यक्ति बन्नको लागि स्नातक तहमा अप्टोमेट्री बाहेक अर्को शैक् ... थप जानकारी

डिप्लोमा
शैक्षिक
व्यावसायिक पाठ्यक्रम र प्रशिक्षणहरू

सम्भावित रोजगारदाता


HEE002

SWE007

करियर विवरण

डाक्टरको विवरण अनुसारको चस्माको डिजाइन दिने, डिजाइन अनुसार चस्मा बनाउने, लेन्स तयार गर्ने ग्राहकको आदेश अनुसार अनुहारको बनोटको मापन गरि चस्मा तयार गर्ने प्राविधिक व्यवसायी लाई चस्मा बनाउने व्यक्ति भनिन्छ | ग्राहकहरुले चस्माको बदलामा लेन्सको प्रयोग गर्न चाहेमा परिवर्तन गर्दिने र आँखाको दुरदर्शी तथा अदूरदर्शीको सुधारको लागि सुधारात्मक चस्मा तयार गर्ने गर्दछन् |

चस्मा बनाउने व्यक्तिहरु सामान्यतया निम्न कार्य गर्दछन्

क्षमताहरु र अन्य आवश्यकताहरु

राम्रो दृष्टि हुनु पर्ने
छिटो-छिटो औला चलाउने क्षमता
पूर्ण रुपमा ग्राहक संग सम्बधित

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

चस्मा बनाउने व्यक्ति बन्नको लागि स्नातक तहमा अप्टोमेट्री बाहेक अर्को शैक्षिक विकल्प भनेको अप्टीसियन मा ४ वर्षे कोर्ष लिन सक्दछन् | अनुमतिपत्र हासिल गरेका चस्मा बनाउने व्यक्तिको निरिक्षणमा रहेर प्रयोगात्मक तलिमको लागि २ देखि ४ वर्ष प्रयोगात्मक प्रशिक्षण हुन्छ |

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
B Optom
विशेषज्ञ
४ वर्ष
छैन
विशेषज्ञ

ठिकै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
Diploma in Ophthalmi
विशेषज्ञ
३ वर्ष १२०,००० -
३६०,०००
छैन

आदर्श गुणहरु

सामाजिकता, कम बहिरमुखी:तपाई एकै समयमा धेरै व्यक्तिहरुसंग अन्तरक्रिया गर्न रुचाउनु हुन्छ तर तपाईलाई आवश्यक भएको बेलामा तपाईको काम आफै पनि गर्न सक्नुहुन्छ | तपाई अन्य व्यक्तिहरुको आकर्षणको केन्द्रविन्दुमा रहेर कार्य गर्न रुचाउनुहुन्छ | तपाईको व्यक्तित्व तथा सरोकारवाला अनुसार ग्राहकहरुसंगको सम्बन्ध कायम गर्ने तथा सभा समारोहहरुको क्षेत्रको कार्य तपाईलाई उपयुत्त हुन्छ |

काम गर्ने शैली, मात्र संरचनात्मक: तपाई आफ्नो काम संरचनात्मक रुपमा बनाएको योजना, कार्य तालिकाले गर्न रुचाउनु हुन्छ | तपाईको लागि एकदम नियमित र दिहोरिने खालको पेशाहरु उपयुक्त हुन्छ |जस्तै: व्यापार व्यवसाय गर्ने, शिक्षा क्षेत्र र शारीरिक श्रम आवश्यक क्षेत्रहरु |

जानकारी संस्लेषण, विस्तृत: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न रुचाउनुहुन्छ तर तपाई त्यो विशिष्ट कार्यलाई कसरी कार्य सम्पादन गर्न सकिन्छ भन्ने विषयमा पनि ध्यान केन्द्रित गर्नुहुन्छ | जस्तै: लेखा सम्बन्धि कार्य, तथ्यांकहरुको विश्लेषण गर्ने कार्य र मर्मत कार्यहरु पर्दछन |

समयमा लचकता, धेरै कम: तपाई नियमित र एकै खालको कार्य गर्न रुचाउनु हुन्छ | तपाई त्यस्तो पेशा, जहाँ नियमित समय र कार्य हुने कार्यालयको खोजीमा हुनुहुन्छ |जस्तै: टेबुल कार्यहरु र पसल संचालन गर्न |

मूल्य अभिमुखीकरण, आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ साथसाथै केहि मात्रामा आर्थिक परिपूर्ति चाहनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |

सफलताको खोजी, धेरै कम: स्वभाविक रुपमा तपाईलाई व्यक्तिगत जिवन महत्वपुर्ण भएकोले आफुले गर्नलागेको कामको समयमा सामाजिक तथा पारिवारिक आफन्तहरु ले हस्तक्षेप गरेको मन पराउनुहुदैन । तपाईले यस्तो पेशा रोज्नुहोसकी जसले तपाईको व्यक्तिगत जिवनमा कुनै किसिमको वाधा ननिम्त्यावस । धेरै समय खुर्चिनुपर्ने पेशा पनि नअपनाउनुहोस।

उत्प्रेरणा जगाउने, अति कम: तपाईले सृजनात्मक सोच लगाएर गर्ने काम भन्दा पनि पहिलानै जे अवस्थित छ त्यसैलाई अबलम्वन गर्ने खालको काम गर्न मन पराउनुहुन्छ । तपाईले त्यस्ता खालको पेशा अपनाउनुपर्नेहुन्छ जसमा पहिलानै मार्गनिर्देशन दिएको हुन्छ तर आफ्नो विचार लगाउनुपर्ने कामहरु नगर्नुहोस्।

नेतृत्वको लागि उत्प्रेरणा, कम: तपाई अरुलाई अगाडि सारेर आफु पछाडि रहन मन पराउनुहुन्छ । अरुले पनि आफ्नै दिमाग चलाउन भन्ने सोच्ने हुदा तपाईले भविष्यको पेशा रोज्दा आफुले पनि चाहेको गर्न पाउने र अरुलाई पनि काम गराउन नपर्ने खालको रोज्नुपर्दछ । समुहमा आफु प्रमुख भएर गर्नुपर्ने काम नगर्नुहोस ।

विश्लेषणात्मक उन्मुखता, कम: कुनै पनि कुराको तुरुन्त निर्णय लिन र त्यसको प्रतिक्रिया पनि तुरुन्त दिन सक्नुुन्छ भने तपाईले त्यस्ता किसिमका कामहरु गर्नुहोस् जुन काममा धेरै समय नसोची तुरुन्त आफ्नो विचारअनुसार कार्य सम्पन्न गर्न पाईयोस् । त्यस्ता कामहरु नगर्नुहोस् जहाँ तपाईले कार्य गर्नु अगाडि धेरै कुराको बारेमा सोच्नुपर्दछ।

सामुहिक कार्य उन्मुखता, अति कम: तपाई आत्मनिर्भर हुनुहुन्छ र अरुको मार्गदर्शन बिनानै स्वयं उत्कृष्ठ काम गर्न सक्नुहुन्छ। तपाईलाई अरुसंग काम गर्न कठिन हुन्छ किनभने तपाईको काम गर्ने शैली तिनिहरुलाई बुझाउन कठिन हुन्छ र अर्कोतर्फ तपाई छुट्टै बसेर काम गर्न कुनै किसिमको आपत्ती महशुस गर्नुहुदैन । त्यसैले तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ धेरै भन्दा धेरै काम तपाई स्वयंले सम्पन्न गर्नुपरोस् । त्यस्तै गरेरे आवश्यक परेको खण्डमा तपाईले गर्ने काममा सहयोगको लागि साथिहरु तथा विशेषज्ञको न्युन स्थरको सहभागिता हुनुपर्दछ।

कार्य गराउने क्षमता, धेरै: सामान्यतया तपाईले अरुलाई मागनिर्देशन गर्नुहुन्छ र आवश्यक परेको खण्डमा अरुसगं सामना पनि गर्न सक्नुहुन्छ । तपाईलाई मनमा लागेको कुरा अरुलाई भन्न हिचकिचाउनुहुन्न । त्यसैले तपाईले भविष्यको काम रोज्दा अरुले काममा कस्तो प्रतिक्रिया देखाउछन त्यसको मुल्याङकन र अनुगमन गर्ने खालको हेर्नु पर्दछ । फेरी आफ्नो मनमा लागेका कुरा भन्न प्रोत्साहान नमिल्ने खालका जस्ता काम नगर्नु।

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता


ENE004

HCE004

HEE002

SWE007

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले चस्मा बनाउने व्यक्ति जस्तै छन्