कार्य र शिक्षा डेटाबेस

मिडिया कार्यकारी प्रमुख

एस. ई. ई. परिक्षा बिना उपयुक्त:
छैन

कम्पनीको उत्पादनलाई बढाउन र ग्राहकलाई आबद्ध गर्न आवश्यक कन्टेन निर्माण गर ... थप जानकारी

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

मिडिया कार्यकारी प्रमुख बन्नको लागि ‘मिडिया अध्ययन’ मा वा सो सम्बन्धित विष ... थप जानकारी

डिप्लोमा
शैक्षिक

सम्भावित रोजगारदाता


ACE010

करियर विवरण

कम्पनीको उत्पादनलाई बढाउन र ग्राहकलाई आबद्ध गर्न आवश्यक कन्टेन निर्माण गर्ने प्रमुख जिम्बेवार भएको व्यक्ति मिडिया कार्यकारी प्रमुख हो | मिडिया कार्यकारी प्रमुखले संचारका क्षेत्रहरु रेडियो, टि.भि., फिल्म वा संगीतको परिचालन र व्यवस्थापनमा निरिक्षण गर्दछन् |

मिडिया कार्यकारी प्रमुखहरु सामान्यतया निम्न कार्य गर्दछन्

क्षमताहरु र अन्य आवश्यकताहरु

बाहिर हिडी रहने काम

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

मिडिया कार्यकारी प्रमुख बन्नको लागि ‘मिडिया अध्ययन’ मा वा सो सम्बन्धित विषयमा स्नातक तह गर्नुपर्दछ | ४ वर्षे यो कोर्षको अन्तिम वर्षमा तपाईलाई इच्छा लागेको विषय रोज्न सक्नुहुनेछ | कम्पनीको ब्रान्ड, संगठनको छविमा ‘मिडिया कार्यकारी प्रमुख’ आधारित हुने भएकोले शैक्षिकसत्र सके पछि यो सम्बन्धि अनुभव भएको हुनुपर्दछ |

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
B.A. Media Studies
विशेषज्ञ
४ वर्ष
छैन
BMT
विशेषज्ञ
३ वर्ष
छैन
PGD in Journalism an
विशेषज्ञ
१ वर्ष
छैन

ठिकै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
Diploma in Journalis
विशेषज्ञ
३ वर्ष
छैन
B.A. Journalism and
विशेषज्ञ
३ वर्ष २००,०००
छैन

आदर्श गुणहरु

सामाजिकता, बहिरमुखी: तपाई एकै समयमा धेरै व्यक्तिहरुसंग अन्तरक्रिया गर्न रुचाउनु हुन्छ तर तपाईलाई आवश्यक भएको बेलामा तपाईको काम आफै पनि गर्न सक्नुहुन्छ | तपाई अन्य व्यक्तिहरुको आकर्षणको केन्द्रविन्दुमा रहेर कार्य गर्न रुचाउनुहुन्छ | तपाईको व्यक्तित्व तथा सरोकारवाला अनुसार ग्राहकहरुसंगको सम्बन्ध कायम गर्ने तथा सभा समारोहहरुको क्षेत्रको कार्य तपाईलाई उपयुत्त हुन्छ |

सामान्य जानकारीमा इच्छुक, अति धेरै: तपाई धेरै कुराहरुमा इच्छुक हुनुहुन्छ र विभिन्न क्षेत्रहरुमा भएको विकासक्रमहरुलाई आफै अपडेट गर्नको निम्ति धेरै समय खर्चिनु हुन्छ | तपाई त्यस्तो पेशाहरु खोज्नुहुन्छ जहाँ धेरै लाभदायक कुराहरु सिक्न सकिन्छ जस्तै: कला, मिडिया र शिक्षा क्षेत्रहरु |

कार्य गतिविधि, शारीरिक: तपाई मानसिक प्रकृतिको कार्यहरु र केहि मात्रामा शारीरिक गतिविधिको कार्यहरु रुचाउनुहुन्छ |तपाई त्यस्तो प्रकृतिको पेशाको खोजीमा रहनुहुन्छ जहाँ एक्लै, एकै ठाउँमा एउटा खालको कार्यमा जानकारीहरु संकलन र सम्प्रेषण गर्ने |जस्तै: टेबुल कार्यहरु र हस्तकलाको कार्यहरु |

काम गर्ने शैली, संरचनात्मक: तपाई कसैले वनाईदिएको योजना, समाधानको आधारमा कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ, यदि परेको खण्डमा आफ्नो रचनात्मक र सिर्जनात्मक कलाको पनि प्रयोग गर्नुहुन्छ | तपाईको लागि एकदम नियमित र दोहिरिने प्रकृतिको कार्यहरु उपयुक्त हुन्छ | जस्तै: स्वास्थ्य क्षेत्र, अतिथि सत्कार वा नियन्त्रण र प्रशासन क्षेत्रहरु |

जानकारी संस्लेषण, विस्तृत र सतही: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न वा त्यो सम्पूर्ण कार्य सम्पादन कसरी गर्ने भन्ने पूर्ण ज्ञान भएको व्यक्तित्व हुनुहुन्छ |तपाई त्यस्तो पेशाहरु रुचाउनुहुन्छ जसमा ध्यान दिएर विस्तृत विवरणहरुको ज्ञान हासिल गर्ने कार्यहरु गर्न रुचाउनुहुन्छ र वृहत ज्ञानको आधारमा गरिने कार्यहरु पनि गर्न मन पराउनुहुन्छ |जस्तै: कृषि क्षेत्रहरु र अर्थशास्त्र व्यवस्थापन क्षेत्रहरु |

समयमा लचकता, धेरै लचक: तपाई दैनिक रुपमा कार्य परिवर्तन भइरहने पेशा र कहिले कहिँ मात्र नियमित एकै खालको कार्य गर्न वा एकै खालको कार्य गर्ने नचाहने व्यक्तित्व हुनुहुन्छ | तपाई त्यस्तो पेशा रोज्नुहोस् जहाँ अधिक स्वतन्त्रता र आफ्नो अनुकुल समयमा कार्य होस् | जस्तै: अनलाईन कार्यहरु, स्वतन्त्रपूर्वक कार्य गर्न क्षेत्रहरु र लेखनसंग सम्बन्धित कार्यहरु |

मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |

सफलताको खोजी, धेरैजसो: तपाईले सबै भन्दा धेरै कामलाई महत्व दिने भएकोले तपाईको लागि फुर्सदको समयमा काम गर्न कुनै समस्या हुदैन । जस्तो सुकै समस्या र चुनौती आइपरेपनि तपाईसगं त्यसको सामना गर्न सक्ने क्षमता छ । तपाईलाई सफल बनाउने किसिमका पेशाहरु अबलम्वन गर्नुहोस् र जुन पेशाहरु चुनौतीपुर्ण छैनन् ति पेशाहरु सकेसम्म नगर्नुहोस् ।

उत्प्रेरणा जगाउने, मध्यम: तपाईसंग दुवै क्षमता सृजनात्मक सोच लगाउनुको साथसाथै पहिलानै स्थापित तरिकालाई अबलम्वन गर्नेे भएकोले तपाईले पेशा छनोट गर्दा आफ्नो विचार राख्न पाउने खालको काम गर्नुहोस तर तपाईसंग अर्को विकल्पको रुपमा पहिलानै स्थापित काम पनि हुन्छ। तपाईलाई आफ्नै तरिकाले काम गरेको मन पर्ने भएकोले तपाईले भविष्यको पेशा रोज्दा स्वतन्त्र रुपमा आफ्नो निर्णय दिन मिल्ने खालको रोज्नुपर्दछ । अरुको निर्देशन पालना गर्नु पर्ने खालका पेशाहरु नअपनाएमा राम्रो हुन्छ ।

नेतृत्वको लागि उत्प्रेरणा, अति धेरै: तपाई समुहको नेतृत्वमा रहेर अरुलाई निर्देशन दिन मन पराउनुहुन्छ र तपाईको मनमा लागेको कुरा अरुलाई भन्न र सो अनुसार अरुलाई पनि अनुसरण गराउन सक्नुहुन्छ भने तपाई प्रमुख भएर गर्ने काम गर्नु पर्दछ । आफ्नो विचारहरु भन्न नपाउने र अरुलाई आफुले चाहेको गराउन नपाउने जस्तो कामहरु नगर्नुहोस्।

विश्लेषणात्मक उन्मुखता, अति धेरै: तपाई कुनै पनि कामको निर्णय लिनु अगाडि धेरै समय सोच्नुपर्दछ भन्ने मान्यता लिनुुहुन्छ । तपाईमा कार्य गर्नु अगाडि राम्रो संग ध्यान दिनुपर्दछ भन्ने विश्वास छ। त्यसैले तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जहाँ कुनै पनि काम गर्नु अगाडि राम्ररी ध्यान दिन आवश्यक छ । त्यस्ता कामहरुबाट जोगीनुहोस् जहाँ तुरुन्त निर्णय लिनुपर्दछ ।

सामाजिकीरण क्षमता, अति धेरै: तपाईलाई विभिन्न अपरिचित मान्छेहरुसंग भेटघाट गर्न कुनै किसिमको अप्ठेरो लाग्दैन । अपरिचित मान्छेहरु भएपनि विभिन्न किसिमका अन्तरक्रियात्मक कुराहरु गरेर सजिलैसंग घुलमिल हुनुहुन्छ भने तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ तपाई विभिन्न किसिमका अपरिचित मान्छेहरुसंग भेटघाट तथा कामहरु गर्नुपर्दछ । फेरी त्यस्ता खालको काम नरोज्जनुहोस् जहाँ तपाईलाई अरु मानिषहरु संग अन्तक्रिया गर्नुपर्दैन ।

सामुहिक कार्य उन्मुखता, धेरै: तपाई सजिलै अरुसंग मिलेर काम गर्न सक्नुहुन्छ । तपाईलाई जुनसुकै कार्य र परियोजनामा समुहमा मिलेर काम गर्दा रमाईलो लाग्छ भने तपाई त्यस्ता पेशा रोज्नुहोस् जुन पेशामा सामुहिक कार्यलाई प्राथमिकता दिइन्छ र त्यस्ता पेशा नगर्नुहोस् जहाँ तपाई एक्लै विचार गरेर काम सम्पन्न गर्नुपर्दछ ।

कार्य गराउने क्षमता, अति धेरै: सामान्यतया तपाईले अरुलाई मागनिर्देशन गर्नुहुन्छ र आवश्यक परेको खण्डमा अरुसगं सामना पनि गर्न सक्नुहुन्छ । तपाईलाई मनमा लागेको कुरा अरुलाई भन्न हिचकिचाउनुहुन्न । त्यसैले तपाईले भविष्यको काम रोज्दा अरुले काममा कस्तो प्रतिक्रिया देखाउछन त्यसको मुल्याङकन र अनुगमन गर्ने खालको हेर्नु पर्दछ । फेरी आफ्नो मनमा लागेका कुरा भन्न प्रोत्साहान नमिल्ने खालका जस्ता काम नगर्नु।

दवाव सहन सक्ने क्षमता, धेरै: तपाईले जस्तोसुकै दबाबमा पनि काम गर्न सक्षम हुनुहुन्छ र दबाबमा काम गर्दा तपाईलाई आनन्द आउछ । तपाई काममा जतिसुकै व्यस्थ भएपनि थकान महशुस गर्नुहुदैन । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ काम एकदम द्र्रुत गतिमा राम्रो प्रतिभा देखाउने अवसर मिल्दछ । त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईले कामको लागि कत्ति पनि प्रयास गर्नु पर्दैन ।

आत्मविश्वास, अति धेरै: तपाईमा एकदम उच्च स्थरको आत्मविश्वासी हुनुहुन्छ । तपाईलाई अरुको अगाडी सजिलैसंग प्रस्तुत गर्न सक्नुहुन्छ । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ तपाईले मानिसहरुको समुह अगाडी प्रस्तुती गर्नुपर्दछ। र त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईलाई मानिषको अगाडि प्रस्तुत हुन प्रोत्शाहन गरिदैन ।

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता


ACE010

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले मिडिया कार्यकारी प्रमुख जस्तै छन्

  • बजार व्यवस्थापक
    बजार व्यवस्थापक


    माग

  • बैंकर
    बैंकर


    माग

  • अर्थविद/ अर्थ योजनाकार
    अर्थविद/ अर्थ योजनाकार


    माग

  • अर्थविद
    अर्थविद


    माग

  • कुरियर पुर्याउने व्यक्ति
    कागजात, उपहार तथा अन्य सामानहरु व्यवसायीक वा व्यक्तिगत रुपमा निश्चित ठाउँमा पुर्याउने विश्वाशिलो पात्र कुरियर पुर्याउने व्यक्ति हो | यो पदमा रहेर काम गर्ने व्यक्तिले सार्वजनिक यातायातका साधनको साथै, साइकल, मोटरसाइकल वा पैदल यात्रा गरेर पनि कागजात, उपहार तथा अन्य सामानहरु निश्चित ठाउँमा पुर्याउने जिम्मेवार बोकेको हुन्छ |


    माग