कार्य र शिक्षा डेटाबेस

इन्तेरिओर डिजाईनएर

एस. ई. ई. परिक्षा बिना उपयुक्त:

कलात्मक र प्राविधिक शिपलाई संयोजन गरेर सुरक्षित, राम्रो, सहज तथा कार्यात्म ... थप जानकारी

रोजगारिको विकल्प

स्व रोजगार अनुपात

%

शिक्षा

यदी तपाईमा सिर्जनात्मक, कल्पनाशील र कलात्मकता क्षमता छ भने तपाईको लागि आन् ... थप जानकारी

शैक्षिक
व्यावसायिक पाठ्यक्रम र प्रशिक्षणहरू

सम्भावित रोजगारदाता


ACE009

ACE016

Freelancer

करियर विवरण

कलात्मक र प्राविधिक शिपलाई संयोजन गरेर सुरक्षित, राम्रो, सहज तथा कार्यात्मक, वाह्य प्रकाशलाई मध्यनजर गरेर संरचनात्मक र आकर्षक आन्तरिक कोठाहरु सृजना गर्ने व्यक्ति आन्तरिक सजावट गर्ने व्यक्ति हुन् | सृजनात्मक तथा रचनात्मक क्षेत्र अन्तर्गत पर्ने यो पेशाका पेशेवरहरुले बजेट अनुसार व्यवसायिक भवनहरु, सपिङ महल, होटेल, सरकारी कार्यालय देखि निजि घरको भित्रि सजावट गर्ने र आवश्यक सम्पूर्ण सामाग्रीहरुको योजना बनाउई चित्र कोरेर डिजाइन दिने गर्दछन् | यिनीहरुले घर तथा भवनहरुको भित्रि भाग सजाउने काम गर्दछन् |

इन्तेरिओर डिजाईनएरहरु सामान्यतया निम्न कार्य गर्दछन्

• बजेटअनुसार सम्बन्धित भवनको आन्तरिक डिजाइन गरि ग्राहकलाई बुझाउने |
• सुर्यको प्रकास, फर्निसिंग, कोठाको क्षेत्रसम्पूर्ण कुरालाई मध्यनजर गरेर आवश्यक सामग्रीको संरचनात्मक रुपमा योजना बनाउने |
• ग्राहक तथा परियोजनाको आवश्यकता अनुसार अन्तिम योजना बनाउने |

क्षमताहरु र अन्य आवश्यकताहरु

राम्रो दृष्टि हुनु पर्ने

आय र अन्य सुविधाहरु

प्रवेश-आय
Rs. (not set) - (not set)

कार्य वातावरण

आन्तरिक सजावट गर्ने व्यक्ति बन्नको लागि सृजनात्मक क्षमता भएको, कुनैपनि कुरालाई फरक र आकर्षक ढंग बाट प्रस्तुत गर्न सक्ने, वातावरण सम्बन्धि सचेत र दुरदृष्टि भएको हुनुपर्दछ | आन्तरिक सजावट गर्ने व्यक्तिहरु ग्राहक वर्गले चाहेको डिजाइन बुझ्ने र आफुले गरेको डिजाइन बुझाउन सक्ने क्षमता भएको हुनुपर्दछ | यिनीहरु विभिन्न भवन निर्माण संस्था, निजि घर, रेस्टुरेन्ट, क्याफे हरुको आन्तरिक सजावटमा लाग्नुपर्ने र ग्राहकहरुसंग धेरै अन्तरक्रिया गर्नु पर्ने हुदा समयको लचकता हुनु पर्ने हुन्छ | यो पेशाको समय निश्चित नभएकोले ग्राहकवर्गको चाहना अनुसारको समयतालिका मिलाउन सक्नु पर्दछ |

आई. एस.सी.ओ (अन्तर्राष्ट्रिय कार्य वर्गीकरण स्तर)

सुरक्षा र सेना विशेषज्ञहरु
सीप र प्रशिक्षित- शहरी सीप र प्रशिक्षित- ग्रामिण
सहायक सञ्चालनहरू

तालिकाले शिक्षा र अनुभव स्तर अनुसार व्यवसायको विभाजनलाई चित्रण गर्दछ। पेशेवरहरु र विशेषज्ञहरुको लागि उच्चतम मात्रामा शिक्षा र / या अनुभव, त्यसपछि 2 सिप-श्रम (शहरी र ग्रामीण) र साहायिक कार्यहरु जस्तै ओपरेटिंग व्यवसायहरु, ओपरेटर्स आदि। सुरक्षा र सेना दुवैमा शिक्षा र अनुभवहरुको अत्यन्तै व्यापक भिन्नता छ र अन्तमा सरकारी जागिरहरू छन्।

हाइलाइट गरिएका बक्सहरू {job name} सँग सम्बन्धित छन्। आईएसओसीको अनुसार, रोजगारी विभिन्न स्तरको शिक्षा र अनुभवका हुन सक्छन्।

उचित शिक्षा

यदी तपाईमा सिर्जनात्मक, कल्पनाशील र कलात्मकता क्षमता छ भने तपाईको लागि आन्तरिक सजावट पेशा पनि रामो विकल्प हुन सक्छ | आन्तरिक सजावट गर्ने व्यक्ति बन्नको लागि आन्तरिक सजावट(Bachelor in Interior Designer) विषयमा स्नातक तह उतिर्ण गर्नु पर्दछ | केही निजी संस्थाहरुले इन्टेरियर डिजाइनर बन्ने कोर्षहरु उपलब्ध गराएको पाइन्छ |

धेरै उचित शिक्षा

समय शुल्क (रु) एस. ई.ई. बिना पहुँच
BID
विशेषज्ञ
३ वर्ष
छैन
B.A. Interior Archit
विशेषज्ञ
३ वर्ष
छैन
विशेषज्ञ

आदर्श गुणहरु

काम गर्ने शैली, सिर्जनशिल: तपाई रचनात्मक कार्यहरु गर्न मनपराउनु हुन्छ, समय समयमा कसैले निर्देशन वा समाधान दिएको खण्डमा आपत्ति मान्नुहुन्न| तपाईको लागि अधिक समय नयाँ कुराहरु सिर्जना गर्ने खालको पेशाहरु उपयुक्त हुन्छ | जस्तै: मिडिया, हस्तशिप, डिजाईन |

जानकारी संस्लेषण, विस्तृत: तपाई आफ्नो कार्य ध्यान केन्द्रित गरि पूर्ण गहिरो ज्ञानको साथ सम्पादन गर्न रुचाउनुहुन्छ तर तपाई त्यो विशिष्ट कार्यलाई कसरी कार्य सम्पादन गर्न सकिन्छ भन्ने विषयमा पनि ध्यान केन्द्रित गर्नुहुन्छ | जस्तै: लेखा सम्बन्धि कार्य, तथ्यांकहरुको विश्लेषण गर्ने कार्य र मर्मत कार्यहरु पर्दछन |

समयमा लचकता, धेरै कम: तपाई नियमित र एकै खालको कार्य गर्न रुचाउनु हुन्छ | तपाई त्यस्तो पेशा, जहाँ नियमित समय र कार्य हुने कार्यालयको खोजीमा हुनुहुन्छ |जस्तै: टेबुल कार्यहरु र पसल संचालन गर्न |

मूल्य अभिमुखीकरण, मात्र आदर्शवादी: तपाई आफ्नो व्यक्तिगत इच्छा वा चाहनाको आधारमा भित्रि इच्छा प्राप्त हुने कार्य गर्न रुचाउने व्यक्ति हुनुहुन्छ | त्यस्तो पेशाहरु जसले तपाईलाई आत्मसन्तुष्टि प्रदान गर्दछ | जस्तै: शिक्षण कार्य र सामाजिक सेवा कार्यहरु |

सफलताको खोजी, कम: स्वभाविक रुपमा तपाईलाई व्यक्तिगत जिवन महत्वपुर्ण भएकोले आफुले गर्नलागेको कामको समयमा सामाजिक तथा पारिवारिक आफन्तहरु ले हस्तक्षेप गरेको मन पराउनुहुदैन । तपाईले यस्तो पेशा रोज्नुहोसकी जस्ले तपाईको व्यक्तिगत जिवनमा कुनै किसिमको वाधा ननिम्त्यावस । धेरै समय खुर्चिनुपर्ने पेशा पनि नअपनाउनुहोस।

उत्प्रेरणा जगाउने, अति धेरै: तपाईलाई आफ्नै तरिकाले काम गरेको मन पर्ने भएकोले तपाईले भविष्यको पेशा रोज्दा स्वतन्त्र रुपमा आफ्नो निर्णय दिन मिल्ने खालको रोज्नुपर्दछ । अरुको निर्देशन पालना गर्नु पर्ने खालका पेशाहरु नअपनाएमा राम्रो हुन्छ ।

सटिकता, अति धेरै: प्रायजसो तपाई आफ्नो कामहरु व्यक्तिगत जिम्बेवारी ठान्नुहुन्छ । जुनसुकै काम गर्दा पनि होसियार भएर सबै भन्दा राम्रो गर्न चाहनुहुन्छ । तपाईले त्यस्ता किसिमका पेशाहरु गर्नुहोस् जहाँ मुल्यवान कामहरु पनि तपाईलाई जिम्मा दिन्छन जस्ले गर्दा आफ्नो योग्यता प्रस्तुत गर्न सक्नुहुन्छ । तपाईलाई जिम्मेवारी नदिने र आफ्नो योग्यता प्रस्तुत गर्न प्रोत्शाहन नमिल्ने किसिमका कामहरु नगर्नुहोस्।

विश्लेषणात्मक उन्मुखता, मध्यम: तपाईले कुन काममा तुरुन्त निर्णय लिनु पर्दछ अथवा कुन कार्य गर्नु भन्दा अगाडि केही समय राम्रोसंग सोच्नुपर्दछ भनी कामको प्रकृति पहिचान गर्न सक्नुहुन्छ । त्यसैले तपाई त्यस्ता किसिमका कामहरु गर्नुहोस् जहाँ तपाईले समय र परिस्थिति हेरेर तुरुन्त निर्णय लिनुपर्ने खाालको या केही समय विश्लेषण पछि निर्णय लिनुपर्ने खालको जस्तो सुकै अबस्थामा पनि तपाईले निर्णय लिन पाउने खालको काम खोजी गर्नुहोस् ।

सामाजिकीरण क्षमता, धेरै: तपाईलाई विभिन्न अपरिचित मान्छेहरुसंग भेटघाट गर्न कुनै किसिमको अप्ठेरो लाग्दैन । अपरिचित मान्छेहरु भएपनि विभिन्न किसिमका अन्तरक्रियात्मक कुराहरु गरेर सजिलैसंग घुलमिल हुनुहुन्छ भने तपाईले त्यस्ता खालको काम रोज्जनुपर्दछ जहाँ तपाई विभिन्न किसिमका अपरिचित मान्छेहरुसंग भेटघाट तथा कामहरु गर्नुपर्दछ । फेरी त्यस्ता खालको काम नरोज्जनुहोस् जहाँ तपाईलाई अरु मानिषहरु संग अन्तक्रिया गर्नुपर्दैन ।

सामुहिक कार्य उन्मुखता, अति धेरै: तपाई सजिलै अरुसंग मिलेर काम गर्न सक्नुहुन्छ । तपाईलाई जुनसुकै कार्य र परियोजनामा समुहमा मिलेर काम गर्दा रमाईलो लाग्छ भने तपाई त्यस्ता पेशा रोज्नुहोस् जुन पेशामा सामुहिक कार्यलाई प्राथमिकता दिइन्छ र त्यस्ता पेशा नगर्नुहोस् जहाँ तपाई एक्लै विचार गरेर काम सम्पन्न गर्नुपर्दछ ।

कार्य गराउने क्षमता, धेरै: सामान्यतया तपाईले अरुलाई मागनिर्देशन गर्नुहुन्छ र आवश्यक परेको खण्डमा अरुसगं सामना पनि गर्न सक्नुहुन्छ । तपाईलाई मनमा लागेको कुरा अरुलाई भन्न हिचकिचाउनुहुन्न । त्यसैले तपाईले भविष्यको काम रोज्दा अरुले काममा कस्तो प्रतिक्रिया देखाउछन त्यसको मुल्याङकन र अनुगमन गर्ने खालको हेर्नु पर्दछ । फेरी आफ्नो मनमा लागेका कुरा भन्न प्रोत्साहान नमिल्ने खालका जस्ता काम नगर्नु।

दवाव सहन सक्ने क्षमता, धेरै: तपाईले जस्तोसुकै दबाबमा पनि काम गर्न सक्षम हुनुहुन्छ र दबाबमा काम गर्दा तपाईलाई आनन्द आउछ । तपाई काममा जतिसुकै व्यस्थ भएपनि थकान महशुस गर्नुहुदैन । त्यसैले तपाईले भविष्यको काम रोज्दाखेरी त्यस्ता किसिमका काम गर्नुहोस् जहाँ काम एकदम द्र्रुत गतिमा राम्रो प्रतिभा देखाउने अवसर मिल्दछ । त्यस्ता काम नगर्नुहोस् जहाँ तपाईले कामको लागि कत्ति पनि प्रयास गर्नु पर्दैन ।

• बजेटअनुसार सम्बन्धित भवनको आन्तरिक डिजाइन गरि ग्राहकलाई बुझाउने |
• सुर्यको प्रकास, फर्निसिंग, कोठाको क्षेत्रसम्पूर्ण कुरालाई मध्यनजर गरेर आवश्यक सामग्रीको संरचनात्मक रुपमा योजना बनाउने |
• ग्राहक तथा परियोजनाको आवश्यकता अनुसार अन्तिम योजना बनाउने |

रोजगारिको स्थिति

स्व रोजगार अनुपात

%

सम्भावित रोजगारदाता


ACE009

ACE016

Freelancer

SWE007

रोजगारको परिमाण

अहिलेको समयमा यो क्षेत्रमा नेपालमा मानिसहरु कार्यरत छन्

कार्यको माग

कार्यको माग देखाउँछ (पहिलो उच्च र अन्तिम संतृप्त)


60 = अति धेरै: यो कामको माग धेरै उच्च छ। तपाईं सजिलै जागिर खोज्न सक्नुहुन्छ वा सजिलै संग आफ्नो सेवा बेच्न सक्नु हुनेछ।

50 = धरै: यो कामको धेरै माग छ। कार्यको लागि निश्चित प्रतिभा छ भने कार्य पाउनुहुनेछ।

40 = मध्यम: यो कामको लागि माग माध्यम छ। यस क्षेत्रमा नौकरी भेट्न संभावना त छ, तर तपाईले तपाइँको काम गर्ने स्थान वा स्व-रोजगारमा लचीलो हुनु पर्ने छ। काम पाउन प्रतिस्पर्धा गर्नु पर्ने पनि हुन सक्छ।

30 = कम: यो कामको माग कम छ। केवल केहि रिक्त पदहरू मात्र प्रकाशन गरिन्छन्। शैक्षिक प्रवीणता र अनुभव दुवै यस प्रकारको कार्यमा आवेदन दिनको लागीआवश्यक छन्।

20 = संत्रिप्त: श्रम बजारमा यो व्यवसायको लागि थप माग छैन। केवल अवस्थित कर्मचारीहरू निस्किएको अवस्थामा ,नयाँ व्यक्तिहरू भर्ती हुन सक्ने छन्।

10 = धरै पूर्ति: यो पेशाको लागि धेरै युवाहरु प्रतिस्पर्धित छन्। यस पेशामा नौकरी पाउन असाधारण प्रतिभा देखाउनु पर्छ।

तलका कामहरू समान शिक्षा, कार्यहरू र आवश्यक क्षमताहरू जस्ता कारकहरूले इन्तेरिओर डिजाईनएर जस्तै छन्

  • ग्राफिक डिजाईनर
    ग्राफिक डिजाईनरले मुख्य रुपमा प्रकाशित, छापिएको वा इलेक्ट्रॉनिक मिडियाको लागि ग्राफिक सिर्जना गर्दछ, जस्तै ब्रोसरहरू (कहिलेकाँही) र विज्ञापन ।


    माग

  • काष्ठ कालिगढ
    काठ सम्बन्धि काम गर्ने जस्तै काठलाई खोपेर, काटेर, टुक्रा पारेर विभिन्न आकार दिने, मुर्ति बनाउने र काठलाई कलात्मक तरिकाले सजाउने व्यक्ति काष्ठ कालिगढ हुन् | नेपालमा काष्ठ कालिगढहरुले काठबाट देवी र देवताको मूर्तिहरू, मास्क र संगीतका सामानहरुको पनि निर्माण गर्दछन्| कला तथा सृजनात्मक क्षेत्र भित्र पर्ने यो काम प्राय फर्निचर उद्धोग वा व्यवसायीको मातहतमा रहेर गर्ने गर्दछन् |


    माग

  • फेसन डिजाईनर
    विभिन्न प्रकारका पोसाक, जुत्ताहरुको डिजाइन दिने व्यक्ति फेसन डिजाईनर हुन् | फेसन डिजाईनरले विक्री वितरण, लत्ताकपडा निर्माण तथा गार्मेन्ट कम्पनिमा काम गर्दछन् | महिला/पुरुष दुवैले गर्न सक्ने यो काममा मुख्य गरेर व्यक्तिगत तथा सामुहिकरुपमा अर्डर अनुसारको पोशाक निर्माण गर्नु, फेसन परामर्श, व्यक्तिगत पोशाक, स्टाइ दिनु, पोशाक उत्पादनको ढाचा निर्माणगर्नु, फेसन सम्बन्धि समन्वय गर्ने जस्ता काम गर्दछन् | यिनीहरु फेशन सम्बन्धि पोशाक उत्पादन प्रबन्धक, कपडा व्यवसायी, तथा कपडाको गुणस्तर जाचबुझ गर्ने साथै कपडा कटाई तथा विक्री प्रतिनिधि बन्न सक्दछन् |


    माग

  • प्लम्बर
    प्लंबर स्थापना र व्यवसाय, कारखानों, र घरमा पानी, ढल, र ड्रेनेज सिस्टम मरम्मत गर्ने व्यक्ति हो


    माग

  • रंग रोगन गर्ने व्यक्ति
    रंग रोगन गर्ने व्यक्ति


    माग