सम्बन्धित क्षेत्रको संगठनबाट एक समाप्ति पत्र (अनुभव पत्र) आवश्यक छ। यदि संस्थामा संलग्न हुनुहुन्न भने जिल्लाका अधिकारी वा गाविसका अधिकारीहरुबाट हस्ताक्षर गरीअनुभव प्रमाणित गर्न सक्नुहुन्छ।
पुन प्रयोग गर्न मिल्ने, दिगो र वैकल्पिक उर्जा समाधानको क्षेत्रमा उर्जा टेक्निसियनको माग बढ्दो छ | वैकल्पिक उर्जा प्रक्रियामा उर्जा टेक्निसियनहरु विशेषज्ञ हुन् | यिनीहरुले प्यानल र पम्पको स्थापना गर्न सहयोग गर्दछन्, साथै ट्युबहरुलाई मिलाएर राख्दछन् | उर्जा उत्पादन सम्भव बनाउनको लागि सबै प्रक्रिया मिलाउने काम उर्जा टेक्निसियनले गर्दछन् | यिनीहरुले सौर्य उर्जा प्रणाली, साना जलविद्युतिय उर्जा (hydro-electric), जिओथर्मल उर्जा र हावा बाट चल्ने उर्जा प्रणालीको डिजाइन गर्न सक्छन् |