सम्बन्धित क्षेत्रको संगठनबाट एक समाप्ति पत्र (अनुभव पत्र) आवश्यक छ। यदि संस्थामा संलग्न हुनुहुन्न भने जिल्लाका अधिकारी वा गाविसका अधिकारीहरुबाट हस्ताक्षर गरीअनुभव प्रमाणित गर्न सक्नुहुन्छ।
जैविक खेति किसानले त्यस्ता वाली तथा फलफुल प्राकृतिक रुपमा कुनै किटनासक औसधि तथा मल बिना उत्पादन गर्दछन | च्याउ तथा बेमौसमी बालि र तरकारीहरु विशेस उत्पादन गर्दछन |
नर्सरी त्यो ठाउ हो जहाँ धेरै प्रकारका बिउको बिरुवाहरु निकालिन्छ | जुन बिरुवा पछि सजिलै जहाँ पनि सार्न सकिन्छ | नर्सरी कृषि क्षेत्रमा महत्वपूर्ण मानिन्छ यसले प्रत्यक्ष रुपमा बन बिज्ञान तथा जीव सम्रक्षणमा महत्वपूर्ण भूमिका रहेको हुन्छ | प्रायजसो पसलमा आफै बिरुवा उत्पादन गर्दछन भने कसैले बिरुवा किनेर बेच्ने गर्दछ |