कुनै पनि सिनेमा वा फिलिममा अभिनय गर्ने व्यक्ति सिने कलाकार हो| सिने कलाकारहरुले सम्बन्धित सिनेमामा शारीरिक हाउभाउ तथा बोलिचालीमा विशेष ख्याल गर्दै आफ्नो पात्र सुहाउदो भूमिका निर्वाह गर्नु पर्ने हुन्छ| उनीहरुले सिनेमाको कथा बस्तुको आधारमा अभिनय गर्नु पर्ने हुन्छ| जस्तै: हाँस्य चलचित्रहरुमा हाँस्य कलाकारको भूमिका निर्वाह गर्नु पर्ने हुन्छ|
प्रत्येक्ष रुपमा दर्शकहरुको अगाडि नाटक घरमा नाटकीय प्रदर्शनको लागि खटिएका अभिनेता/अभिनेत्रीहरुलाई थिएटर रंगकर्मी भनिन्छ | रंगकर्मीहरुले शरीरको चाल र भाषा बाट कथाले मागेको चरित्र र परिस्थितिको प्रदर्शन गरि दर्शकलाई मनोरन्जन दिने गर्दछन् | सामान्यतया यिनिहरु नाटक घरमा, मिडिया क्षेत्र, भिन्न प्रदर्शनि केंद्र, महोत्सबहरुमा काम गर्दछन। धेरै जसो यिनिहरुले समुहमा मिलेर काम गर्नु पर्ने हुन्छ।