अरुलाई मनोरन्जन दिनको लागि अथवा प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी भएर साहसिक रुपमा डोरीमा हिडेर, डन्डीमा झुण्डिएर शरीरलाई सन्तुलित बनाएर कला देखाउने व्यक्तिहरु एक्रोब्याट हुन् | सृजनात्मक क्षेत्र अन्तर्गत पर्ने यो पेशा गर्नकोलागि शारीरिकरुपमा लचकदार हुनपर्दछ | एक्रोब्याटिक कला प्रदर्शन कला, खेलकुद कार्यक्रम, र मार्शल आर्टमा प्रयोग गरीन्छ।
सुर र संगीतको तालमा, कदम र इशाराको प्रयोग गरेर शारीरमा चाल ल्याउने कलालाई नृत्य भनिन्छ | नेपालमा 'नृत्य' पेशाको रुपमा विकास भैसकेको छैन तर प्राय नृत्यकर्मी, नृत्य प्रशिक्षक भएर जीविकोपार्जन गर्नुको साथै चलचित्र/विभिन्न नृत्य कार्यक्रममा पनि काम गरेको पाइन्छ |