सामाजिक बानि व्यवहार, सामाजको उत्पति, विकास, संगठन, संजाल र संघ संस्थाको बारमा समाजशास्त्रीले अध्ययन गर्दछन् | समाजको सन्तुलन, असन्तुलन र परिवर्तनको बारेमा अनभेषण र तार्किक विश्लेषण गर्न समाजविदले विभिन्न विधीहरु प्रयोग गर्दछन् |
जसले समाजको अनुसन्धान र विश्लेषण गर्दछ | व्यवस्थित तथा वैज्ञानिक (प्रमाणित) विधाको प्रयोग गरि समाज र समाजमा भईरहेका सामाजिक व्यवहार तथा संरचनाको अध्ययन गर्दछ | सामाजिक अनुसंधान कर्ताले अनुसंधानको प्रारूप तयार पार्नु, विश्लेषण गर्नु, सोध तथा सुझावहरु प्रदान गर्ने जस्ता कामहरु गर्दछन् | सबै अनुसन्धान कर्ताले अनुसन्धानको लागि सर्वेक्षण तथा अन्तरवार्ता लिने कामहरु पनि गर्दछ |