सामाजिक परिचालन भन्नाले आम नागरिकहरुलाई समूहमा संगठित गरी आर्थिक, सामाजिक तथा साँस्कृतिक सशक्तिकरणका माध्यमवाट उनीहरुको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रक्रियालाई जनाउँछ । सामाजिक परिचालनले समूहका सदस्यहरु बीच आपसी सहयोग, सद्भाव, विश्वास, समन्वय र सहकार्य वृद्धि गरी सामाजिक पूँजी निर्माण गर्न सहयोग पु¥याउँछ । सामाजिक परिचालक सामाजिक सकारात्मक परिवर्तन ल्याउने सारथीहरु नै हुन । निर्देशिका ले दिएको अधिकार भित्र रही जनस्तरसम्म कार्यक्रम लाने ब्यक्ती नै सामाजिक परिचालक हो ।