रासायनिक पदार्थहरुको गुणहरुको अनुसन्धान र प्रयोग गर्ने वैज्ञानिकहरु रसायन शास्त्री हुन् | यिनीहरुले रासायनिक पदार्थको मिश्रणको प्रभाव र असरहरुको मापन गर्दछन् | प्राय रसायन शास्त्रीहरु सामुहिक रुपमा अनुसन्धान गरि विभिन्न प्रकारका प्रयोगात्मक पदार्थहरुको सृजना गर्दछन् |
जीवित जीवहरुको जैविक प्रक्रिया,सेल वृद्धि विकास, बंशाणू गत गुणको रासायनिक र भौतिक सिद्दान्तहरुको जैविक वैज्ञानिकहरुले अध्ययन गर्दछन् | यिनीहरु प्राय रासायनिक शास्त्री, भौतिक शास्त्री,कम्प्युटर इन्जिनियरहरु संग मिलेर सामुहिकरुपमा काम गर्ने गर्दछन्|