प्राविधिक रुपमा ठूलाठूला चलचित्र, गीतहरु, डकुमेन्ट्री वा विभिन्न भिडियोहरुलाई दर्शक सामु पुर्याउनु पुर्व सृजनात्मक तवरले भिडियोलाई काटछाट गरि विषयवस्तुले मागेको आवश्यक दृश्यहरु राख्ने व्यक्ति भिडियो सम्पादक हुन् | भिडियो संपादकहरु पृष्ठभूमिको संगीत, क्रियाकलापहरुलाई, विषयवस्तुमा मिलाउन, र चलचित्र वा टेलिभिजन कार्यक्रम वा अन्य भिडियोहरुको अन्तिम रुप दिन जिम्मेवार हुन्छन् |