वृद्ध/वृद्धा हेराचाहकर्ताले विशेषत वृद्ध/वृद्धा को दैनिक क्रियाकलापहरु तथा शारीरिक सरसफाई जस्ता कामहरु गर्नुपर्दछ | वृद्ध हेराचाहकर्ताले वृद्ध/वृद्धा घरमै अथवा वृद्धआश्रमहरुमा काम गर्ने गर्दछन् | सुसारेले वृद्ध/वृद्धाको दिनचर्यालाई सहज बनाउन सहयोग हुने भूमिका खेल्नु पर्दछ |
आफ्नो स्वास्थ्यको पूर्ण रुपमा ख्याल गर्न नसक्ने व्यक्तिहरुलाई आवश्यक प्राथमिक स्याहार सुसार गर्ने जिम्बेवार बोकेका व्यक्तिलाई अशक्त/विकलांग (फरक क्षमता भएका) को हेराचाहकर्ता भनिन्छ | यो काम गर्नको लागि तालिम प्राप्त अथवा कामको अनुभव भएको हुनुपर्दछ |