पर्यावरण ईन्जिनियरिङ् टेक्नीसियनले विज्ञान र ईन्जिनियरिङ् सिद्धान्तकाे प्रयाेग गरी पर्यावरणकाे सुरक्षा र गुणस्तर वृिद्धि गर्दछन् । उनीहरूकाे विशेष ध्यान हावा, पानी, माटाेकाे गुणस्तर बढाउन हुन्छ ।
जैविक-फोहर व्यवस्थापन इन्जिनियरले फाेहाेर व्यवस्थापनका साथै खानेपानी, ढल व्यवस्थापन, पानी निस्कासन जस्ता सरसफाइ सम्बन्धी प्रविधिकाे निर्माण र संचालन गर्दछन् । यसका साथै पानी सुधिकरण केन्द्रहरूकाे निर्माण गरी पिउन याेग्य पानी बनाउने ।