सहायक इन्जिनियरले विभिन्न याेजनाहरूमा वरिष्ठ इन्जिनियरकाे सहयाेगीकाे रूपमा रही काम गर्छन् । याेजना बनाउने, याेजनाकाे जाँच तथा निरीक्षण गरी प्रतिवेदन पनि तयार पार्दछन् ।
कमप्युटर ईञ्जिनियरले कमप्युटरमा प्रयाेग गरिने सफ्टवेयर तथा हार्डवेयरमा विकास तथा गुणस्तर वृिद्धि गर्दछन् । कमप्युटर ईञ्जिनियरले सफ्टवेयर वा हार्डवेयरमा विशेषज्ञता हाँसिल गर्न मिल्दछ ।
संयोजक भनेको प्रशासनिक व्यक्ति पनि हो, उपलब्ध मानवीय र स्रोत साधनको समुचित रुपमा प्रयोग गरेर परियोजनामा राखिएको लक्ष्य परिपूर्ति गर्न समर्पित हुने व्यक्ति हो | संयोजकलाई परियोजना सहजकर्ता पनि भनिन्छ | सामान्यतया उनीहरुले सम्पूर्ण कर्मचारीहरुको जिम्बेवारी तथा दायित्व निर्धारण गर्ने, कार्यसुची बनाउने , सम्पूर्ण सदस्यहरुलाई आवश्यक कार्य र सम्पन्न भएका कार्य तालिकाको बारेमा बैठकको प्रबन्ध गर्ने जस्ता काम संयोजकले गर्दछन् |