तत्काल अवस्थामा भैरहेको घटना तथा समाचार संकलन र वितरण गर्ने, जानकारी दिने व्यक्ति पत्रकार हुन् | पत्रकारहरुले सामान्य तथा विशेष मुद्दाहरुमा काम गर्न सक्दछन् |
छापा तथा विद्दुतीय संचार (पत्रपत्रिका, टेलिभिजन र रेडियो) को माध्यमबाट प्रशारण हुने समसामयिक समाचारहरु सुन्न तथा पढ्न उपयुक्त छ कि छैन भनी त्यसलाई काटछाट गर्ने, समाचार लेख्ने र सिफारिस गर्ने व्यक्तिलाई समाचार सम्पादक भनिन्छ | समाचार सम्पादकले लिखित समाचारमा प्रयोग भएको भाषा लक्षित समुहको लागि उपयुक्त छ कि छैन भनि हेर्ने र मिलाउने गर्दछ |
समाचारहरुको छानविन गर्ने यसलाई काटछाट गर्ने र बताउने व्यक्ति रिपोटर/संवाददाता हुन् | पत्रपत्रिका, रेडियो, टेलिभिजनका समाचारहरु वा अन्य समाचार प्रदान गर्ने कम्पनीहरुमा प्राय ग्रामिण भेग वा टाडाको स्थानबाट पत्रपत्रिकामा लेखेर वा बोलेर योगदान गर्ने, पत्रकार वा प्रतिवेदकहरु रिपोटर/संवाददाता हुन् |
केहि सरकारी संगठनहरु जस्तै विद्यालय, सहर, जिल्ला, प्रहरी, सरकारी विभागहरुको सुचना संयोजक तथा प्रवक्ता लाई सूचना अधिकृत भनिन्छ | सार्वजनिक सम्बन्ध विभागको निजी संगठनहरु भन्दा सूचना अधिकृत पेशा फरक छ | यो पेशाले बजार प्रतिनिधित्वमा सिमित भूमिका खेल्दछ | सार्वजनिक/सूचना अधिकृतको प्राथमिक जिम्वेवारी भनेको आवश्यक परेको खण्डमा मिडिया र सर्वसाधारणलाई जानकारी प्रधान गर्नु हो |
कम्पनीको उत्पादनलाई बढाउन र ग्राहकलाई आबद्ध गर्न आवश्यक कन्टेन निर्माण गर्ने प्रमुख जिम्बेवार भएको व्यक्ति मिडिया कार्यकारी प्रमुख हो | मिडिया कार्यकारी प्रमुखले संचारका क्षेत्रहरु रेडियो, टि.भि., फिल्म वा संगीतको परिचालन र व्यवस्थापनमा निरिक्षण गर्दछन् |
माग
Diploma in Journalis उपलब्ध गराउने संस्थाहरू
जिल्ला छनोट
यस जिल्लामा कुनै पनि संस्थाहरू भेटिएन। कृपया फरक जिल्ला छनौट गर्नुहोस्।